बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौं उपत्यकामा निषेधाज्ञा नमान्नेलाई जरिवाना गर्न थालियो

बिहीबार, २३ वैशाख २०७८, ११ : २६
बिहीबार, २३ वैशाख २०७८

काठमाडौं उपत्यकामा निषेधाज्ञा अवज्ञा गर्नेलाई प्रहरीले जरिवाना गर्न थालेको छ ।

संक्रामक रोग ऐन–२०२० अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको रसिदका आधारमा प्रहरीले १ सय रुपैयाँ जरिवाना लिन थालेको हो । 

निषेधाज्ञालाई प्रभावकारी बनाउन उल्लंघनकर्तालाई जरिवाना गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले रातोपाटीलाई बताए । 

वैशाख २१ र २२ मा महानगरीय प्रहरी परिसर ललितपुरले ८४ जनालाई जरिवाना गरेको छ । बारम्बार सम्झाउँदा पनि बिनाकाम हिँड्ने, तोकिएको भन्दा धेरै समय पसल खोल्ने र मास्क नलगाउनेलाई जरिवाना गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।

काठमाडौंका पनि सवै प्रहरी युनिटले स्थानिय प्रशासनको आदेश उल्लंघन गर्नेहरुलाई जरिवाना लिन थालेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए । 

बिहिबारबाट जरिवानामा थप कडाई गरिने एसपी बस्नेतले बताए । संक्रामक रोग ऐन–२०२० अनुसार स्थानिय प्रशासनलाई ३ सय सम्म जरिवाना र ६ महिना कैद सजाय गर्ने अधिकार छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप