बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लागुऔषधसहित २ जना पक्राउ

बिहीबार, २३ वैशाख २०७८, १३ : १३
बिहीबार, २३ वैशाख २०७८

काठमाडौं । बाँकेको नेपालगञ्जबाट प्रहरीले लागुऔषध (ब्राउनसुगर) कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उप–महानगरपालिका–८ घर भएका ३५ वर्षीय दिपक वली र ३४ वर्षीय पदम शाह छन् । उनीहरुले भारतबाट ल्याएको ७ ग्राम लागुऔषध प्रहरीले बरामद गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित जमुनाहबाट पक्राउ गरेर उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप