शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अक्सिजनको सिलिन्डर बोकेर संक्रमितको घर-घरमै अभिनेता घिमिरे

बिहीबार, २३ वैशाख २०७८, १३ : २६
बिहीबार, २३ वैशाख २०७८

काठमाडौँ । पछिल्लो समय अभिनय थाती राखेर राजनीति र समाजसेवामा आफुलाई समर्पित गरेका ‘चपली हाइट’ का अभिनेता राज घिमिरेको अहिले दैनिकी फेरिएको छ । उनी  यतिबेला अक्सिजनको सिलिन्डर बोकेर दैनिक कोरोना संक्रमितको घर–घरै पुगिरहेका छन् । अक्सिजनको अभावमा कुनै संक्रमितले ज्यान गुमाउनु नपरोस् भनेर उनी बिहानैदेखि साँझसम्म सो कार्यमा खटिने गर्दछन् ।

कोरोनाको पहिलो लहरको समय राहत वितरणमा सक्रिय रहेका उनले यो पटक भने अक्सिजनको हाहाकार देखिएकोले यसैमा क्रियाशील भएको बताउँछन् । घिमिरेले संक्रमितको उपचारका लागि व्यक्तिगत खर्चमा अक्सिजनको व्यवस्था गरिरहेका छन् । अक्सिजन सिलिन्डरमात्र होइन, अभिनेता घिमिरेले संक्रमितको उपचारका लागि आवश्यक अक्सिजन माक्स, इलेक्टेक अक्सिजन मेसिन, अक्सोमिटर समेत दिँदै आएका छन् ।
‘आफ्नो सानो सहयोग र साथले कसैको जीवन बच्छ भने किन नगर्ने’ घिमिरेले भन्छन् ।

अभिनेता घिमिरेले एम्बुलेन्स नपाएर अस्पताल जान आउन समस्या भई आपतविपतमा परेका बिरामीलाई समेत आफ्नो निजी गाडी उपलब्ध गराउँदै आएका छन् । त्यसको अलवा आर्थिक अवस्था कमजोर भएका बिरामीको उपचार समेत सहयोग गर्दै आएका छन् । ‘यदि कसैलाई समस्या परेको छ भने मेरो मोबाइल नम्बर ९८५१०६२४५७ मा सम्पर्क गर्न सक्नुहुन्छ’ घिमिरेले भने ‘म सेवाका लागि हाजिर छु । फोन नउठे कल ब्याक गर्छु ।’ आफुले भ्याएसम्म जहाँ परेपनि सहयोग गर्ने घिमिरेले सुनाए ।

घिमिरेले अक्सिजन सिलिन्डर वितरणमा कार्यमा समाजसेवी गोपाल सुनुवारले पनि साथ दिँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप