बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार, २३ वैशाख २०७८, १३ : ३१
बिहीबार, २३ वैशाख २०७८

मकवानपुरमा पछिल्लो २४ यता थप ६८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा ३२ जना महिला र ३६ जना पुरुष रहेको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए । 

कूल ९७ जनाको पिसिआर र एन्टिजेन प्रविधिबाट परीक्षण गर्दा हेटौँडा उपमहानगरपालिकाको ५९ जना, थाहा नगरपालिकाको ३ जना महिला र २ जना पुरुष गरी ५ जना र मनहरी गाउँपालिकाको ३ जना महिला र १ जना पुरुष गरी ४ जनामा संक्रमण पुष्टि भएको हो । 

वडागत रुपमा हेटौडा उपमहानगरपालिकाको वडा नम्वर ४ मा सबैभन्दा बढी १० जना महिला र १२ जना पुरुष गरी २२ जना, हेटौँडा ५ मा ३ जना महिला र ६ जना पुरुष गरी ९ जनामा संक्रमण पुष्टि भएको हो । 
त्यस्तै हेटौँडा १ का २ जना, हेटौँडा २ का १ जना, हेटौँडा ३ का १ जना, हेटौँडा ७ का २ जना, हेटौँडा ८ का ३ जना, हेटौँडा ९ का ४ जना, हेटौँडा १० का १ जना, हेटौँडा ११ का २ जना, हेटौँडा १२ का २ जना, हेटौँडा १३ को १ जना, हेटौँडा १४ को १ जना हेटौँडा १७ को १ जना, हेटौँडा १९ को २ जना र हेटौँडा वडा खुल्न नसकेको ५ जना रहेका छन् ।

संक्रमण पुष्टि हुनेमा थाहा नगरपालिका वडा नम्वर ६ का ५ जना र मनहरी गाउँपालिका वडा नम्वर ७ का ४ जना रहेका छन् ।
जिल्लामा कोरोना संक्रमण दर ४८ प्रतिशत रहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप