शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रियल हारेपछि हाजार्ड हाँसे, सामाजिक सञ्जालमा समर्थक आक्रोशित

बिहीबार, २३ वैशाख २०७८, १४ : २१
बिहीबार, २३ वैशाख २०७८

युरोपेली च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा रियल म्याड्रिडलाई हराउँदै चेल्सीले फाइनल यात्रा तय ग-यो । पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको चेल्सीले घरेलु मैदान स्ट्याम्फर्ड ब्रिजमा २–० को जीत निकाल्यो ।
इडेन हाजार्ड रियलका स्टार खेलाडी हुन् । तर, उनले टोलीको उद्धार गर्न सकेनन् । बरु, खेल सकिएपछि चेल्सीका आफ्ना केही पूर्व सहकर्मीहरुसँग उनी जोक गर्दैै, हाँस्दै गरेको अवस्थामा देखिए । उनले विजयी भएका पूर्व सहकर्मीहरुलाई बधाई दिँदै गरेको भिडियो टेलिभिजनको क्यामेराले देखाएको थियो, यस क्रममा उनी ठट्टा गर्दै थिए । 

यो दृश्य म्याड्रिडका लागि राम्रो होइन । रियल म्याड्रिड समर्थकहरुले यही कारण सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । बेल्जियमका हाजार्डले २०१९ मा रियल आउनुअघि ७ वर्ष चेल्सीमा बिताएका थिए । उनले यस अवधिमा क्लबका तर्फबाट २ सय ४५ खेलमा ८५ गोल गरेका थिए । रियल आएयता चोटका कारण निकै कम खेलमा मात्रै हाजार्डले खेलेका छन् । उनले २७ खेलमा केवल ३ गोल गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप