मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए केन्द्रीय नेतृत्व छान्न प्रतिनिधि दर्ता सुरु

बिहीबार, २३ वैशाख २०७८, १५ : ५२
बिहीबार, २३ वैशाख २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोबरमा हुने महाधिवेशनको लागि प्रतिनिधि चयन सुरु भएको छ । 

एनआरएनएका महासचिव डा. हेम राज शर्माले विहीबार एक परिपत्र गर्दै पहिलो चरणमा संघका राष्ट्रिय समितिबाट छानिने ६५ प्रतिशत प्रतिनिधी  छनोट प्रकृया सुरु भएको जनाएका हुन् ।

संघको गत जनवरी महिनाको अन्तिम साता सम्पन्न विशेष महाधिवेशनद्वारा संसोधित विधानले संघका संरक्षक, सल्लाहकार, राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व पदाधिकारी र सदस्यहरूका लागि अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि बन्न सक्ने विशेष व्यवस्था  गरेको छ । 
संघको वैधानिक व्यवस्था अनुरुप राष्ट्रिय समन्वय परिषद्बाट छनोट हुने प्रतिनिधिमध्ये ६५ प्रतिशत राष्ट्रिय समितिको लागि छुट्याइएको डा. शर्माले जनाए । 

संघको राष्ट्रिय महाधिवेशनबाट छनोट भएका प्रतिनिधिले मात्र आगामी महाधिवेशनमा उम्मेदवार हुन र मतदानमा भाग लिन पाउने प्रावधान रहेको छ । 

संघले आगामी अक्टोबर, २०२१ मा हुने अन्तर्राष्ट्रिय समन्वय परिषद्को पदाधिकारी चयनका लागि हुने निर्वाचनको मतदानमा सहभागी हुन चाहनेहरुले  आफ्नो पञ्जिकृत सदस्यता नवीकरण एवं प्रतिनिधि बन्नको लागि आफ्नो नाम राष्ट्रिय समन्वय परिषदमा दर्ता गराउनु आग्रह गरेको छ ।  

यसअघि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले ६५ प्रतिनिधिको फारम खुलाई सकेको संघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप