सेयर बजारमा गिरावट
बिहीबार, २३ वैशाख २०७८, १६ : २४
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से सूचक १२.४७ अंकले घटेर २६३७.१३ विन्दुमा अडिएको छ । यसदिन ६ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ सय १६ कम्पनीको १ करोड ५९ लाख ८० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको हो । ३ वटा समूह बाहेक अरु समूहको सूचकाङ्कमा गिरावट छ ।
२ वटा कम्पनी खानीखोला हाइड्रोपावर कम्पनी र जन उत्थान सामुदायिक लघुवित्त विकास बैंकको सेयरको भाउ १० प्रतिशतले बढेको छ । सात कम्पनीको सेयर भाउ ९% भन्दा माथि छ । आज एचआइडीसीएलको ४६ करोड ७४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एनसीसी बैंक र लक्ष्मी बैंकको पनि सबैभन्दा बढी सेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट
-
पोखरामा बसले स्कुटरलाई ठक्क दिँदा किशोरीको मृत्यु
-
‘खजुरे ब्रो’ विशुद्ध मनोरञ्जनका लागि बनाएको हो : निर्देशक सुरज
-
कतारका अमिरसँग प्रधानमन्त्रीले भने– नेपाल लगानीका लागि विश्वकै आकर्षक गन्तव्य
-
कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ
-
नेपालमा प्रत्येक दिन १० वटा भूकम्प