बढी भाडा असुल्ने फेरि समातिए
बिहीबार, २३ वैशाख २०७८, १६ : ३६
काठमाडौं । कोरोना महामारीमा यात्रुसँग बढी भाडा लिने थप दुईजनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । कलंकी चोकमा रहेको टिकट काउण्टरबाट थप दुईजनालाई पक्राउ गरिएको ट्राफिक महाशाखाले जनाएको छ ।
पक्राउ पर्नेमा खोटाङ घर भएका भीमबहादुर खड्का र रौतहट घर भएका वैजनाथ चौधरी छन् । उनीहरुले झापा र मोरङ जान चाहने यात्रुसँग २ हजार ५ सय दरले टिकट काटेको थाहा भएको छ ।
३५ वर्षीय खड्का र ५० वर्षीय चौधरीले चक्रपथ चल्ने बा.४ख १९२५ नम्बरको बसमा यात्रु लानेगरी टिकट काटेका थिए । सादा पोसाकमा खटिएका ट्राफिक महाशाखाका प्रहरीले यसअघि बढी भाडा असुल्ने चार जनालाई पक्राउ गरेका थिए । उनीहरुलाई आवश्यक कारवाहीका लागि स्थानीय प्रहरीको जिम्मा लगाइएको महाशाखा एसएसपी जनक भट्टराइले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक खड्का जोडिएको प्रकरणमा स्काउटले पठायो मन्त्रालयलाई जवाफ
-
आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य
-
कमलसिंह ऐरीले लिए आयरल्यान्ड ‘ए’ को पाँचौँ विकेट
-
बिहानको खाजा कति बेला खानु लाभदायक हुन्छ ?
-
आगामी वर्षको नीति, कार्यक्रम र बजेट बनाउन म आफैँ कमान्ड गर्दैछु : प्रधानमन्त्री
-
सरकारले विपन्न महिलाहरूको ऋण मिनाहा हुने कार्यक्रम ल्याउने