बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनमा जस्तो थुप्रिएन बैंकहरुमा पैसा

बिहीबार, २३ वैशाख २०७८, १६ : ४४
बिहीबार, २३ वैशाख २०७८

पहिलो लहरको कोरोना संक्रमणको बेला भएको लकडाउनमा आर्थिक गतिविधि ठप्प हुँदा बैकिङ सिस्टममा पैसा थुप्रिएर झण्डै २ खर्ब पुगेको थियो । तर दोस्रो लहरको कोरोना संक्रमण बढ्दै जादा भएको निषेधाज्ञामा भने बैकिङ सिस्टममा पैसा थुप्रिन पाएको छैन । 

यद्यपि, विस्तारै तरलता भने बढ्दै गएको देखिन्छ । केही समय अघि १४ अर्ब तरलता रहेकोमा अहिले ३९ अर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले जनाएका छन् । 
आज उपत्यकामा निषेधाज्ञाको आठौं दिन हो । आंशिक व्यापारिक गतिविधि खुलेकै कारण लगानी प्रवाह ठप्प हुन पाएको छैन, जसले गर्दा पैसा थुप्रिन पाएन । कर्जा माग बढ्नु भनेको आर्थिक गतिविधि बढ्नु पनि हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप