शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर तिर्ने समय थप गरिदिन सरकारसँग नेपाल विज्ञापन संघको अनुरोध

बिहीबार, २३ वैशाख २०७८, १८ : २६
बिहीबार, २३ वैशाख २०७८

काठमाडौं । नेपाल विज्ञापन संघले कर तिर्ने समय थप गरिदिन सरकारसँग नेपाल विज्ञापन संघले अनुरोध गरेको छ । कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण रोकथामका लागि मुलुकको झन्डै ७५ भागमा निषेधाज्ञा जारी रहेकाले सरकारलाई बुझाउनु पर्ने कर राजस्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको लागि समय थप गर्न सरकारसँग अनुरोध गरेको हो । 

संघका अध्यक्ष सोमप्रसाद धितालले आज एक विज्ञप्ती जारी गर्दै अहिलेको विषम परिस्थितिलाई मनन् गरी मूल्य अभिवृद्धि कर, आय करको अग्रिम कर कट्टी लगायतका करहरूको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गरिदिन अनुरोध गरेका हुन् ।

कोरोना महामारीका कारण दैनिक उपभोग्य बाहेकका व्यापार, व्यवसाय र सवारी आवागमन बन्द भएको, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरु समेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसकेकाले समयमा कर विवरण बुझाउन र कर रकम भुक्तानी गर्न नसकिने हुँदा समय थप गर्न आग्रह गरेको आनले जारी गरेको विज्ञप्तीमा जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप