शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देउवा र नेपालबीच भेटघाट, के- के भयो कुराकानी ?

बिहीबार, २३ वैशाख २०७८, २३ : ३९
बिहीबार, २३ वैशाख २०७८

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ । बिहीबार साँझ नेपालले आफू निकट केही नेतासहित देउवा निवासमा पुगेर छलफल गरेका  हुन् । उनीहरुबीच करिब एक घण्टा बढी छलफल भएको थियो ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणका अनुसार देउवा र नेपालबीच सैद्धान्तिक छलफल भएको हो । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको टोलीसहित भेटवार्ता भएपछि बिहीबार नेपाल पक्षले देउवासँग भेटवार्ता गरेको हो ।

प्रधानमन्त्री ओलीले बैशाख २७ गते विश्वासको मत लिन लागेका बेला त्यसलाई विफल पार्न आवश्यक रणनीति बनाउने विषयमा उनीहरुबीच छलफल भएको बुझिएको छ । मंगलबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका नेपालले विहीबार देउवासँग छलफल गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रचण्ड र यादवले ओलीका थप प्रतिगामी कदम रोक्न देउवासँग वार्ता गर्न सुझाएका थिए । सोही अनुसार नेपालले विहीबार विहानै देउवासँग भेटका लागि समय मागेका थिए ।

खनाल नेपाल पक्षका सांसदले सामुहिक राजीनामा दिने चर्चा भइरहेको बेला रावलले यस्तो बताएका हुन् ।

देउवासँगको छलफलमा संविधान लोकतन्त्र र व्यवस्था बचाउने विषयमा छलफल भएको भीम रावलले जानकारी दिए ।  उनले भने, 'देश, लोकतन्त्र र व्यवस्थामाथि खतरा उत्पन्न हुने खतरा छ । यस्तो अवस्थामा कसरी यसलाई जोगाउने भनेर प्रमुख प्रतिपक्षी दलका नेतासँग छलफल गरेका छौं । यो छलफल निरन्तर जारी रहन्छ ।'

देश, लोकतन्त्र र व्यवस्था जोगाउन हामी जस्तो सुकै निर्णय उठाउन पनि तयार रहेको उनले बताए । उक्त कुरा देउवासँग पनि आफूले राखेको उनको भनाइ छ । नेपाल देउवासँगको छलफल सकेर राष्ट्रपति भेट्न शीतल निवास पुगेको स्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप