वरिष्ठ गायक प्रेमध्वज प्रधानको पशुपति आर्यघाटमा अन्त्येष्टी
बिहीबार, २३ वैशाख २०७८, २० : १६
काठमाडौंँ । बिहिबार निधन भएका वरिष्ठ गायक प्रेमध्वज प्रधानको पार्थिव शरीरको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । सिमित ब्यक्तिको उपस्थितिमा गायक प्रधानको अन्त्येष्टी गरिएको हो । प्रधानको अन्त्येष्टिका लागि उनका आफन्तसहित शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, संगीतकार शम्भुजीत बासकोटा, टीका भण्डारी, पारस मुकारूङलगायत पशुपति आर्यघाट पुगेका थिए ।
आर्यघाटमा प्रधानको पार्थिव शरीरमा सरकारको तर्फबाट शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले राष्ट्रिय झण्डा ओडाएका थिए भने अन्य सहभागीले पुष्प गुच्छाले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै