शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडा अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

बिहीबार, २३ वैशाख २०७८, २२ : २६
बिहीबार, २३ वैशाख २०७८

मकवानपुर । मकवानपुरमा कोरोना संक्रमणका कारण बिहिबार थप एक जनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड वाडमा उपचाररत एक पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

रौतहट चन्द्रनिगाहपुर घर भएका वर्ष ३८ का पुरुषको उपचारका क्रममा कोभिड वाडको एचडियूमा मुत्यु भएको हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन डा.सागर काफ्लेले जानकारी दिए । डा.काफ्लेका अनुसार, मृतक पुरुषको बिहिबार साँझ ६ः२० बजेको समयमा मृत्यु भएको हो । गत बैशाख १९ गते ज्वरो र रुघाखोकी लागेपछि उपचारका लागि हेटौंडा आएका उनलाई २० गते कोरोना पुष्टि भएको थियो ।  कोरोना संक्रमण पुष्टि भएलगत्तै कोभिड वाडमा राखेर उनको उपचार सुरु गरिएको र सोही क्रममा उनलाई निमोनिया पनि देखिएको थियो ।

बिहीबार  साँझ स्वासप्रश्वासमा समस्या आएपछि उनलाई उच्च मात्रामा अक्सिजनको सहायता दिइएको उनको उपचारमा खटिएकी डा.सुजता पन्तले बताइन् । मृतक पुरुषमा अन्य कुनै पनि रोगको संक्रमण नभएको डा.पन्तले बताइन् ।
योसँगै हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।

यसअघि हेटौंडाका ५५ बर्षीय पुरुष र बारा अमलेखगन्जका ४६ वर्षीय पुरुष र महोत्तरी जलेश्वरकी ५० बर्षीया महिला र हेटौंडा–६ की ४१ वर्षीय महिला र बारा अमलेखगन्जका ५९ वर्षीय पुरुष र मकवानपुरगढी गाउँपालिकाका ६८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप