शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘सामिप्यता’ मा प्रथम र नेहाको रोमान्स

बिहीबार, २३ वैशाख २०७८, २२ : ३३
बिहीबार, २३ वैशाख २०७८

काठमाडौँ । अभिनेता तथा मोडल प्रथम क्षेत्री र नेहा गुरुङ अभिनित म्युजिक भिडियो ‘सामिप्यता’ सार्वजनिक भएको छ । भिडियोमा प्रथम र नेहाले निकै आकर्षक रोमान्स गरेका छन् । गायिका प्रविशा अधिकारी र सुभाष पुरीको सुमधुर स्वर रहेको गीतमा आवाज रहेको छ । टिआर गौडेल र दीपक आइडीको शब्द रहेको गीतमा दीपक आइडीकै संगीत रहेको छ ।

लन्डन निवासी फत्ता थापा निर्माता रहेको गीतको भिडियो प्रथमले नै निर्देशन गरेका हुन् । संख्यात्मक भन्दा गुणात्मक भिडियो निर्देशन गर्दै आएका प्रथमको यो भिडियोमा उत्सव दाहालको छायाँकन, सिलन लम्सालको सम्पादन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप