शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजेश र करिस्माको ‘हल्काहल्का लजाएर’ रोमान्स

शुक्रबार, २४ वैशाख २०७८, १० : ३१
शुक्रबार, २४ वैशाख २०७८


गायिका अञ्जु पन्त र गायक निशान भट्टराईको स्वर रहेको गीत ‘हल्काहल्का लजाएर...’ सार्वजनिक भएको छ । चन्द्र प्रसाईंको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठले संगीत भरेका छन् । गीतको एरेन्ज गोपाल रसाइलीले गरेका हुन् । गीतमा संगीतको केही नयाँ पन प्रयोग गरिएको संगीतकार श्रेष्ठले बताए ।

राजेश हमाल, करिश्मा मानन्धर, पल शाह र पूजा शर्माको अभिनय रहेको गीतको भिडियो देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । पछिल्लो समयको सफल र व्यस्त निर्देशक पाण्डेले भिडियोमा भेराइटी दिने कोसिस गरेका छन् ।

भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप