बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘भारतबाट अष्ट्रेलिया फर्कनेलाई जेलको बास’ भन्ने निर्णयबाट पछि हटे प्रम स्कट मोरिसन

शुक्रबार, २४ वैशाख २०७८, ११ : १६
शुक्रबार, २४ वैशाख २०७८

अष्ट्रेलियाले भारतमा फसेका आफ्ना नागरिकलाई फिर्ता गर्नका लागि १५ मेदेखि फ्लाइटको सुरुवात गर्ने जानकारी दिएको छ ।

कोरोनाको दोस्रो लहरको मार झेलिरहेको भारतमा फसेका अष्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता हुनबाट प्रतिबन्ध लगाउने प्रधानमन्त्री स्कट मोरिसनले  यो निर्णयका लागि व्यापक आलोचनाको सामना गर्नुपरेको थियो ।

प्रतिबन्ध लगाउँदै अष्ट्रेलियाली सरकारले भारतबाट अष्ट्रेलिया फिर्ता हुने मानिसहरु जेलसमेत जानुपर्ने सम्भावना रहेको बताएको थियो । त्यसपछि यस्तो सजायको कुरा गरेका कारण मानिसहरुको रिस बढ्दै गएको देखेपछि यो हप्ताको सुरुवातमा मरिसनले जेल पठाउने सम्भावना निकै कम भएको बताएका थिए ।

शुक्रबार अष्ट्रेलियाली सरकारले भारतमा फसेका ९ सय असुरक्षित मानिसहरुलाई फिर्ता गर्नका लागि मेको मध्यमा तीन फ्लाइट चलाउने घोषणा गरेको छ ।

 क्वारेन्टिनमा राखिनेछः

यी मानिसहरुलाई उत्तरी भागमा रहेको होवर्ड स्प्रिंग क्वारेन्टिनमा राखिनेछ जहाँ अर्को हप्तासम्म बेडको संख्या बढाएर २ हजार पुर्याइनेछ ।

अष्ट्रेलिया आफ्नो नागरिकमाथि लगाएको यात्रा प्रतिबन्धलाई भारतबाट आउने मानिसहरुमा संक्रमणको दर निकै धेरै भएको र यसले क्वारेन्टिन प्रणालीमा दबाब बढ्ने बताउँदै जायज बताउँदै आएको थियो ।

उनले भने, ‘योजनाका अनुसार १५ मेदेखि हामी भारतबाट आउने मानिसहरुका लागि बन्दोबस्त गर्न सक्नेछौं ।’

भारतमा अष्ट्रेलियाली नागरिक र त्यहाँका स्थायी निवासी गरेर कूल ९ हजार मानिस फसेका छन् । मोरिसनले अर्को हप्तासम्म अधिकारीले व्यावसायिक उडान सुरु गर्नेबारे निर्णय लिने भने बताएका छन् । अष्ट्रेलिया जाने धेरैजसोले व्यावसायिक उडान नै लिनुपर्नेछ ।

भारत संसारभरी कोरोना महामारीको चपेटमा सबैभन्दा नराम्रो तरिकाले उल्झिएको छ । दैनिक संक्रमणका लगभग चार लाख मामिला देखिएका छन् र अस्पतालमा बेड र अक्सिजनको चरम अभाव छ ।

अष्ट्रेलिया ती थुप्रै देशमध्ये एक हो जसले भारतका लागि यस्तो समयमा स्वास्थ्य आपूर्ति पठाएको छ ।

 


तर यो हप्ता अष्ट्रेलियाको सरकारले मानिसहरुको रिसको सामना गर्नुपर्‍यो । अष्ट्रेलिया आफ्ना नागरिकलाई खतरामा बस्न बाध्य पारिरहेको छ र आफ्नो घर फिर्ता हुँदा सजाय दिइरहेको छ भन्ने आम धारणा स्थापित भयो ।

क्रिकेटरबाट कमेन्टर बनेका माइकल स्टेलरले ट्वीटरमा प्रधानमन्त्रीमाथि आरोप लगाउँदै भने, ‘उनको हात मानिसहरुको रगतले लत्पत्तिएको छ । नीजि विमान लिएर आउनुहोस् र हेर्नुहोस् कि सडकमा कसरी शव छरिएका छन् ।’

स्टेलर ती ४० अष्ट्रेलियाली नागरिकमध्ये एक हुन् जो भारतमा आइपीएलमा भाग लिन आएका थिए । यो लीग यसै हप्ताको सुरुवातमा नै स्थगित गरिएको छ ।

अष्ट्रेलियाली क्रिकेटर बोर्डले खेलाडीलाई भारतबाट बाहिर निकालिसकिएको र एकपटक प्रतिबन्ध हटे उनीहरुलाई चार्टर्ड फ्लाइटबाट स्वदेश फिर्ता गरिने जानकारी दिएको छ ।

सीमा प्रतिबन्ध लगाउने अष्ट्रेलियामा संक्रमणको दर शून्य छ । कडा प्रतिबन्धका कारण यस्तो सम्भव हुन पाएको बताइएको छ । यसै हप्ता सिड्नीमा दुई नयाँ संक्रमित भेटिएका थिए ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप