बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एकैदिन एघार सय रुपैयाँले बढ्यो सुनको मूल्य

शुक्रबार, २४ वैशाख २०७८, १२ : २५
शुक्रबार, २४ वैशाख २०७८

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य आकासिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारको तुलनामा शुक्रबार एकै दिन प्रतितोला एक हजार एक सय रुपैयाँले बढ्दै सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ कामय भएको हो । 

जबकी गत बिहीबार बजारमा सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रति तोला ९१ हजार २०० रुपैयाँ कामय भएको छ ।  महासंघका अनुसार यता चाँदीको मूल्य समेत शुक्रबार बढेको छ । गत बिहीबार प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एकैदिन ३५ रुपैयाँले बढेर एक हजार ३५० रुपैयाँ कायम भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप