हेटौंडा पुगेर बादलले गराए उम्मेदवारी दर्ता
शुक्रबार, २४ वैशाख २०७८, १२ : ५८
१

हेटौंडा । गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलले बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् । राष्ट्रियसभा सदस्यको रिक्त पदमा हुन लागेको उप निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न हेलिकोप्टरमार्फत हेटौंडा पुगेका थापाले बागमती प्रदेशको निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराएका छन् ।
उनको उम्मेदवारीको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् भने बागमती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले समर्थन गरेकी छिन् । बादलका प्रतिस्पर्धी रहेका डा.खिमलाल देवकोटाले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । आगामी जेठ ६ गते राष्ट्रिय सभाको उपनिर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कुलमानको पक्षमा इटहरीमा प्रदर्शन
-
कान्तिपुर फिल्म एकेडेमीले ओटीटीपछि सुरु गर्यो नाटक घर
-
राजावादीको प्रदर्शन स्थगित भएको सूचना फैलिएपछि...
-
कुलमान प्रकरण : विपक्षीको सदन अवरोधले प्रतिस्थापन विधेयक अफ्ठयारोमा
-
बाजुरामा एक बृद्धाले पाइन् उनान्नब्बे वर्षमा नागरिकता
-
वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात