बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रिभेन्ज पोर्नः ‘मलाई लाग्यो कि उनी मेरा श्रीमान् बन्नेछन्, त्यसैले रोकिनँ’

शुक्रबार, २४ वैशाख २०७८, १३ : १९
शुक्रबार, २४ वैशाख २०७८

२४ वर्षकी सिती (परिवर्तित नाम) पछिल्लो पाँच वर्षदेखि एक युवकलाई डेट गरिरहेकी थिइन्, उनले यसबारे आफ्ना आमा–बुवा कसैलाई पनि बताएकी थिइनन् । त्यतिबेला पनि भनिन् जब उनी रिभेन्ज पोर्नको शिकार बनिन् ।

उनीहरुको सम्बन्ध असाध्यै खराब भएको थियो त्यसैले अघिल्लो वर्ष सम्बन्ध समाप्त गर्ने कोसिस गर्दा ती युवकले उनको अश्लील तस्बिर सोसल मिडियामा पोस्ट गरिदिए । कसैको अश्लील तस्बिर वा भिडियो उनको अनुमति बिना सेयर गर्नुलाई नै रिभेन्ज पोर्न भनिन्छ ।

थुप्रै देशमा यो अपराध हो र यसबाट शिकार भएका मानिसहरुले ऊजुरी दर्ता गराउन सक्छन् । तर इन्डोनेशियामा सितीजस्ता रिभेन्ज पोर्नका शिकार मानिसहरुले यसबारे कानून उपचार खोज्दैनन् किनभने त्यहाँको पोर्नेग्राफी ल एण्ड इलेक्ट्रोनिक ट्रान्ज्याक्सन कानून अन्तर्गत अपराधी र पीडितबीच भिन्नता देखिँदैन ।

सन् २०१९ मा एक महिला जसको प्राइभेट सेक्स टेप अनुमति बिना नै सेयर गरिएको थियो, उनलाई तीन वर्षको सजाय सुनाइयो । यो निर्णयको विरुद्धमा उनले अपिलसमेत गरिन् तर त्यो खारेज गरियो । रिभेन्ज पोर्नका पीडितलाई लाग्छ कि उनीहरुले पर्याप्त मद्दत पाउँदैनन् ।

सिती भन्छिन्, ‘यो घटनाका कारण म कतै फसेको महसुस हुन्छ । थुप्रै पटक मलाई अब म जिउँदो हुनुहुँदैन भन्ने महसुस हुन्छ । म रुने कोसिस गर्छु तर आँसु झर्दैनन् ।’

थुप्रै महिलाको हालत यस्तैः

इन्डोनेशियो एक मुस्लिम बहुल देश हो र विवाह अघि यौनसम्बन्ध समाजमा स्वीकार्य छैन ।

हुस्ना अमिन इन्स्टिच्युट अफ इन्डोनेशियन वुमन असोसिएशन (एलबीएच एपिक) नामको संस्थासँग जोडिएकी छिन् । उनका अनुसार धेरैजसो पीडितको स्थिति सितीको जस्तै छ ।

महिलाविरुद्ध हिंसाको विषयमा बनेको नेशनल कमिशनको सन् २०२० को रिपोर्ट अनुसार लैङ्गिक हिंसाका १४ सय २५ घटना दर्ता गरिए । तर जानकारका अनुसार थुप्रै अवस्थामा रिपोर्ट दर्ता नै हुँदैनन् ।

अमनी भन्छिन्, ‘पीडितलाई डर लाग्छ कि उनीहरुलाई सजाय हुनेछ । ’ इन्डोनेशियाको कानून अनुसार कुनै पनि व्यक्ति आफ्नो इच्छाले कुनै पनि पोर्न सामग्रीको हिस्सा बन्न सक्दैनन् ।

‘पोर्न बनाउन, पुरानो पोर्नलाई पुनः निर्माण गर्न, बाँड्न, कतै चलाउन, आयात, निर्यात, बेच्ने वा भाडामा दिन प्रतिबन्ध छ ।ृज्ञे’

अर्को एउटा कानूनमा बताइए अनुसार, ‘कुनै पनि यस्ता विद्युतीय दस्तावेजमार्फत् जानकारी पठाउनु जसका कारण मर्यादा हनन हुन्छ’ त्यो अपराध हो । ती मानिसहरु जो  लीक भएको सेक्स भिडियोमा देखिन्छन्, उनीहरुले मर्जीले बनाएको भिडियोमा पनि, उनीहरुमाथि कानून अन्तर्गत कारवाही गर्न सकिन्छ ।’

कानूनको अनैतिक फाइदा उठाउँछन् मानिसः

महिला अधिकारका लागि काम गर्ने कार्यकर्ताका अनुसार शोषण गर्नेहरुले यसै कानूनको फाइदा उठाएर बच्ने गर्छन् किनभने पीडितलाई लाग्छ कि उनीहरुलाई पनि शोषण हुनेछ । सितीको सम्बन्धको सुरुवात पनि थुप्रै अन्यको सम्बन्ध झैं सुरु भएको थियो । उनी ती केटासँग आफ्नो स्कूलको दिनमा भेटेकी थिइन् र ती केटा उनलाई मनपर्‍यो ।

सिति भन्छिन्, ‘मैले एउटा ठूलो गल्ती गरेँ, मलाई लाग्यो कि उनी पछि गएर मेरा श्रीमान् बन्नेछन् त्यसैले मैले उनलाई फोटो खिच्न र भिडियो बनाउन दिएँ । ’ तर चार वर्षपछि उनको व्यवहारमा परिवर्तन आयो ।

सिति थप्छिन्, ‘उनले मलाई मेरा साथीहरुसँग भेट्न दिँदैनथ्यो । दिनमा ५० पटक फोन गरेर कता छस् भनेर सोध्ने गर्दथ्यो ।’

‘मलाई लाग्यो कि म एक पिँजडामा बन्द छु । जबसम्म म पिँजडामा बस्थेँ सबै ठिक हुन्थ्यो तर म बाहिर आएपछि ऊ पागल हुन्थ्यो ।’

एकदिन ती युवक अचानक सितीको कलेजमा गएर चिच्याउँदै उनको तस्बिर सार्वजनिक गरिदिने धम्की दिए । ‘उनले मलाई सस्ती केटी र वेश्या भनेर बोलाउन थाल्यो ।’

‘एकपटक जब हामी गाडीमा बसेका थियौं तब मैले अलग हुनेबारे कुरा गरेँ, उसले मेरो घाँटी थिच्न सुरु गर्यो । मलाई उसँग कारमा बस्न पनि डर लाग्यो, आत्महत्याको विचार आउन थाल्यो, मलाई लाग्यो कि गाडीबाट हाम फालूँ ।’

‘म एक पीडित हुँ’

सितिलाई उजुरी दिन डर लाग्छ किनभने उनले ती भिडियो र तस्बिरसँग सम्बन्धित प्रमाण पेश गर्नुपर्ने हुन्छ र एक साक्षीको रुपमा पेश हुनुपर्छ ।

‘मलाई लाग्छ कि म कहिले पनि प्रहरी भएठाउँ जादिनँ किनभने उनीहरुले मेरो मद्दत गर्नेछैनन्, तीमध्ये धेरैजसो पुरुष छन् । म उनीहरुसमक्ष सहज छैन । म आफ्नो परिवार भएठाउँ जान सक्दिनँ किनभने उहाँहरुलाई यसबारे केही कुरा पनि थाहा छैन ।’

बीबीसी इन्डोनेशियाले यसबारे त्यहाँका इन्स्पेक्टर जनरल पल रेडन प्राबोवो एग्रो यूवोनोसँग प्रहरी मुख्यालयमा कुरा गरेको छ । उनका अनुुसार थुप्रै विशेष नियम छन् जस अन्तर्गत पीडिताले ऊजुरी दिन सक्छन् र त्यसलाई महिला प्रहरीको रेखदेखमा सुल्झाइनेछ ।

तर एबीएन एपिकका अनुसार यस्ता १० प्रतिशत मामिलामात्रै ऊजरी दिइन्छ ।

हस्ना अस्मीन भन्छिन्, ‘थुप्रै महिलालाई लाग्छ कि उनीहरुलाई कसैको समर्थन छैन । कानूनी प्रक्रिया लामो छ र ती पनि महिलाको पक्षमा छैनन् ।’

राज्यको ध्यान हाम्रो बेडरुममाः

सन् २०१९ मा एक महिलालाई पोर्नोग्राफिक कानून अन्तर्गत तीन वर्षको सजाय सुनाइयो ।

एक महिलाको थुप्रै मानिससँग सेक्स गरिरहेको भिडियो अनलाइनमा फैलाउन थालियो । महिलाकी वकिल असरी विद्याले भिडियोबाट एक नागरिकको गोपनियताको हनन भएको बताइन् ।

उनका अनुसार महिला घरेलु हिंसाको शिकार भएकी थिइन् र उनका श्रीमानले उनलाई जबर्जस्ती यौन धन्दामा धकेलेका थिए । विद्याले भनिन्, ‘राज्य एक तरिकाले बेडरुममा घुसेर हेरिरहेको छ कि त्यहाँका मानिसहरु के गरिरहेका छन् ।’

‘मेरी क्लाइन्टलाई दुईपटक सजाय भयो, उनलाई पोर्नोग्राफीको मोडल बताएर जेल पठाइयो जबकी उनी पीडित हुन्, त्यसपछि उनलाई यौनकर्मी बताइयो ।’

यो एक्लो घटना होइन तर विद्याका अनुसार यो घटनाको गहिरो असर परेको छ ।

‘एक पुरुष र महिला शारीरिक सम्बन्ध बनाइरहेका छन् र यतिबेला फोटो वा भिडियो बनाइरहेका छन् । यी दुई अलग्गिएपछि यी फोटो र भिडियो इन्टरनेटमा फैलाइँदैछन् र दुबैलाई सजाय सुनाइँदैछ ।’

तर इन्डोनेशियाको संवैधानिक कोर्टले यससँग सम्बन्धित आवेदन खारेज गरेको छ । विद्याका अनुसार शोषणको शिकार महिलाको सानो आशा पनि निभेको छ ।

म यसरी बस्न सक्दिनँः

आफ्ना केही साथीहरुको मद्दतले सितिलाई थोरै बल पाइन् र उनी यसबारे बाहिर आइन् । ‘म हरेक दिन रुन्थेँ र प्राथर्ना गर्थेँ । म यसलाई थप झेल्न सकिरहेकी थिइनँ । म पागल हुन्छु जस्तो लाग्थ्यो, अन्त्यमा मैले थोरै हिम्मत बटुलेँ ।’

सितिले एलबीचए ऐपिकलाई अप्रिल सन् २०२० मा सम्पर्क गरिन् । हुस्ना अमिनको मद्दतमा उनीहरुले ती युवकलाई एक समन पठाए । ‘केही समयका लागि मलाई फिटिक्र्क डर लागेन, तर यो केही समयका लागि मात्रै थियो ।’

उनलाई हालै थाहा भयो कि उनको नामबाट ती युवकले एक नक्कली अकाउन्ट बनाएका छन् । त्यो एक प्राइभेट अकाउन्ट हो तर उनलाई डर छ कि उनले त्यसमा अश्लील सामग्री हाल्न सक्लान् ।

सिती भन्छिन्, ‘मलाई अब कसैमाथि पनि विश्वास छैन ।’

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप