शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विराट र अनुष्काले दानमा दिए २ करोड, ‘क्राउड फन्डिङ’ मार्फत् जुटाउनेछन् ७ करोड

शुक्रबार, २४ वैशाख २०७८, १३ : ५८
शुक्रबार, २४ वैशाख २०७८

टिम इन्डियाका क्याप्टेन विराट कोहली र उनकी श्रीमती बलिउड नायिका अनुष्का शर्मा कोभिड–१९ सँगको युद्धमा मानिसहरुको मद्दतका लागि अघि बढेका छन् । उनीहरुले यसका लागि एउटा फन्ड रेजिङ क्याम्पेनको सुरुवात गरे । यो अभियानमार्फत् विराट र अनुष्का क्राउड फन्डिङको मद्दतले ७ करोड भारु जुटाउनेछन् । यसको प्रयोग कोरोनासँग जुधिरहेका आवश्यकतामा परेका मानिसहरुका लागि गरिनेछ । विराट र अनुष्काले यसमा २ करोड भारु दान गरेका छन् । यो अभियानको नाम ‘इन दिस टुगेदर’ राखिएको छ ।

अक्सिजन र स्वास्थ्य उपकरणमा हुनेछ प्रयोगः

विराट र अनुष्काले सोसल मिडियामार्फत् यो अभियानको जानकारी दिए । यो फन्ड रेजिङ अभियानलाई क्राउड फन्डिङ प्लेटफर्म किट्टोमार्फत् ल्याइएको छ । यसलाई सात दिनसम्म चलाइनेछ । त्यसमा जम्मा भएको राशिलाई एसीटी ग्रान्ट्समा सुम्पिइनेछ । त्यसपछि यो राशिको प्रयोग आवश्यकतामा परेकालाई अक्सिजन, स्वास्थ्य उपकरण र दक्ष जनशक्ति र भ्याक्सिनेसन फ्यासिलिटी पुर्याउनका लागि गरिनेछ ।

यो देशलाई हाल हामी सबैको मद्दतको आवश्यकता छः

विराटले आफ्नो देश हाल निकै मुश्किल समयबाट गुज्रिरहेको बताए । उनले भने, ‘हामी यसमा एकजुट हुन र आसपासका मानिसहरुको ज्यान बचाउन आवश्यक छ । म र अनुष्का अघिल्लो वर्षदेखि हालसम्म मानिसहरुलाई असाहय देखे र ज्यान गुमाएको देखेर दुःखी र तनावमा छौं । हामीले यसैकारण अभियान सुरु गरेका छौं ता कि धेरैभन्दा धेरै मानिसहरुको ज्यान बचाउन सकियोस् । कोरोनाको युद्धमा मानिसहरुलाई हिम्मत दिन सकियोस् । यो देशलाई हामी सबैको आवश्यकता छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप