मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली फिल्ममा मौलिक कथा पस्कन अनुरागको सुझाव

शुक्रबार, २४ वैशाख २०७८, १४ : १९
शुक्रबार, २४ वैशाख २०७८

काठमाडौँ । बलिउड निर्देशक अनुराग कश्यपले नेपाली फिल्ममा मौलिक कथा पस्कन सुझाव दिएका छन् । अनलाइन माध्यमबाट बिहीबारदेखि भएको चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘निफ’मा सम्बोधन गर्ने क्रममा अनुरागले सो सुझाव दिएका हुन् ।

सो अवसरमा अनुरागले विश्वमा चिनाउने फिल्मको नेपाललाई खाँचो रहेको बताए । ‘एउटा राम्रो फिल्मले फिल्म क्षेत्रलाई विश्वमा चिनाउँछ । नेपाललाई पनि यस्तै एक फिल्मको खाँचो छ’ उनले सो अवसरमा भने । विश्वका मानिसहरु अहिले फिल्ममा लगानी गर्न तयार भएको समेत बताएका अनुरागले त्यसको लागि राम्रो स्क्रिप्ट तयार गर्नुपर्ने बताए । ‘नेपाली फिल्ममा मौखिक कथा पस्कन जोड दिनुपर्छ’ उनले थपे ‘स्थानीय कथा विश्वको लागि नयाँ हुन्छ र त्यो हेरिन्छ ।’
उक्त अवसरमा अनुरागले आफुलाई नेपालमा फिल्म छायाँकन गर्ने इच्छा रहेको समेत बताए । आफू नेपालका हिमशृङखलाबाट अत्यन्त प्रभावित रहेको बताएका उनले फिल्म खिच्ने नेपाल आउने सम्भावना रहेको आशय पनि राखेका थिए । उनले आफु केही पटक नेपाल आएको समेत सुनाए । भने, ‘नेपालका हिम श्रृंखलामा फिल्ममा समेट्ने इच्छा छ । मलाई सगरमाथा जाने मन छ । मसँग हिमालमा खिच्नुपर्ने एउटा स्क्रिप्ट छ । स्थिति सामान्य भएपछि फिल्म खिच्न नेपाल आउन सक्छु ।’

दीपक रौनियारको ‘सेतो सूर्य’ र मीन भामको ‘कालो पोथी’ फिल्म समेत हेरेका अनुरागले दुबै फिल्म मौलिक कथामा बनेकोमा प्रशंसा गरे । अनुराग बलिउडमा हिट फिल्म बनाउने निर्देशकको रुपमा परिचित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप