शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

देशकै राजधानीको दृश्य : अस्पतालमा बेड भरियो, पेटीमा राखेर उपचार

शुक्रबार, २४ वैशाख २०७८, १७ : ००
शुक्रबार, २४ वैशाख २०७८

काठमाडौं महाराजगन्जस्थित त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा बेड प्याक भएपछि बाहिरै राखेर बिरामीको उपचार गर्न थालिएको छ । अस्पतालबाहिरै अक्सिजनको व्यवस्थासहित गम्भीर बिरामीको उपचार गर्न थालिएको हो । 

अस्पताल हातामा भेटिएका लिलाराम तिवारीले गत सातादेखि नै अस्पतालमा बेड पाउन मुस्किल रहेको बताए । ‘मेरी श्रीमतीलाई यहीँ भर्ना गरेको छु, लिएर आएको एक हप्ता भयो । सुरुमा ८–९ घण्टा  बाहिरै बेडमा राखेर अक्सिजन दिइयो, त्यसपछि बल्ल बेड पाइयो,’ उनले भने,‘डाक्टरले लेखेको औषधी रेम्डेसिभिर पाइँदै पाइँदैन । त्यसको दुई डोज ४२ सयमा पाइने रहेछ । बल्लतल्ल चार दिनअघि एक डोज किनेँ, भोलिपल्ट आउनु अर्को डोज लिन भनेको थियो, औषधी पसलमा पाइएन । १६ हजार तिरेर ब्ल्याकमा किन्नुस् भन्ने अफर पनि आएको थियो, मैले किनिनँ  ।’ 

बिरामीको चापका कारण सरल स्वास्थ प्रवाह गराउने अस्पतालको प्रयास पनि असफल भइरहेको उनले बताए । ‘अस्पतालले व्यवस्थापन गर्न खोजेकै जस्तो देखिन्छ । तर, के गर्ने यहाँ चाप ठूलो छ, इमर्जेन्सीमा बेड प्याक छ,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप