शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शोभाकान्त ढकालसँग धरौटी लिनेबारे सर्वोच्चका न्यायाधीशको राय बाझियो

शुक्रबार, २४ वैशाख २०७८, १७ : ०७
शुक्रबार, २४ वैशाख २०७८

काठमाडौं । ललिता निवासको जग्गा घोटाला गरेको आरोपमा थुनामा रहेका शोभाकान्त ढकालसँग धरौटी लिनेबारे सर्वोच्चका दुई न्यायाधीशको राय बाझिएको छ । शुक्रवार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई बीचमा राय बाझिएपछि ढकालको मुद्दामा निर्णय हुन सकेन । 

विशेष अदालतले ०७७ माघ २८ मा ढकाललाई थुनामा राख्ने आदेश गरेको थियो । सो आदेश बिरुद्ध सर्वोच्च गएका ढकालको मुद्दा पुर्ण इजलासबाट सुनुवाइ गर्न आदेश गरिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाले ढकालसँग ३ करोड धरौटी लिएर थुनामुक्त गर्नुपर्ने राय दिएका थिए । तर, अर्का न्यायाधीश डा. आनन्दमोहन भट्टराईले थुनामा राख्ने राय व्यक्त गरेपछि सो मुद्दा उपर निर्णय हुन पाएन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानबाट ललिता निवासको जग्गा मध्ये धेरै कित्ता जग्गा ढकाल र उनकी पत्नीको नाममा देखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप