पोखरामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि पोखरास्थित अस्पतालमा उपचार गराइरहेका म्याग्दी, रुपन्देही र दाङका तीन जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार वैशाख २० गते कोरोना संक्रमण पुष्टि भएका म्याग्दीको बेनी गाउँपालिका २ का ७३ वर्षीय पुरुषको आज दिउँसो मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । त्यसैगरी रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकाका ३२ वर्षका युवाको स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । उनका बुधबार कोरोना संक्रमण देखिएको थियो ।
त्यसैगरी दाङ जिल्लाको लमही ५ का ४४ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बिहिबार कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि आज नै पोखरामा ४ जना संक्रमितको मृत्यु भएको थियो । योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ४८ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा