शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उज्यालो नेटवर्कका पत्रकारलाई रिहा गर्न सर्वोच्चको आदेश

शुक्रबार, २४ वैशाख २०७८, १७ : २७
शुक्रबार, २४ वैशाख २०७८

सर्वोच्च अदालतले उज्यालो नेटवर्क अनलाइनका पत्रकार अनिश तामाङ र महा–प्रवन्धक दुर्गालाल लामा ‘प्रभात’लाई थुनामुक्त गर्न आदेश गरेको छ ।

शुक्रवार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले उनीहरुलाई रिहा गर्न आदेश दिएको हो । पत्रकारको रिहाइका लागि पत्रकार महासंघ ललितपुर शाखाका सचिव रामहरि कार्कीले बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए । सो रिटमा गृह–मन्त्रालयलाई विपक्षी बनाइएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले वैशाख १२ मा उनिहरुलाई काठमाडौंबाट पक्राउ गरेको थियो । सो अनलाइनले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जासुसी संस्था रअ प्रमुख सामन्त गोयलबीचको सम्झौता भन्दै एक सामग्री प्रकाशन भएको थियो । पछि सोही अनलाइनले गल्ती स्वीकार गर्दै प्रेस काउन्सिलमा माफीसमेत मागेको थियो ।

काठमाडौं प्रहरीले उनीहरुविरुद्ध लिखतसम्बन्धी कसुर र राज्यविरुद्धको अपराध मुद्दामा म्याद लिएर थुनामा राखेको थियो । उनीहरुलाई पक्राउ नगर्न उच्च अदालतले दिएको अन्तरिम आदेशको प्रतिकुल हुनेगरी पक्राउ गरिएको भन्दै सर्वोच्चले बिनाशर्त रिहा गर्न आदेश गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप