बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार, २४ वैशाख २०७८, १७ : ४१
शुक्रबार, २४ वैशाख २०७८

मकवानपुर । मकवानपुरमा आज शुक्रबार थप १ सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।  कूल १ सय ७४ जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा मकवानपुरका १ सय १३ र बाहिरी जिल्लाका १ जनामा संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिएका छन् । 

संक्रमण पुष्टि हुनेमा ५३ जना महिला र ६१ जना पुरुष रहेका छन् । त्यस्तै हेटौँडा उपमहानगरपालिकामा सबैभन्दा धेरै १ सय ११ जना संक्रमित फेला परेका छन् ।  वडागत रुपमा हेटौँडा–४ का १४ जना महिला र १४ जना पुरुष गरी २८ जनामा संक्रमण पुष्टि भएको छ । 

हेटौँडा–९ का १८ जना, हेटौँडा–५ का १५ जना, हेटौँडा–२ का १३ जना, हेटौँडा–८ का ७ जना, हेटौँडा–१ र ११ का ५÷५ जना, हेटौँडा ६ का ३ जना,  हेटौँडा–७,१२,१३,१४ र १५ का १÷१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै थाहा नगरपालिकाको २ जना र हेटौंडाकै एक जना वडा खुल्न नसकेका व्यक्तिमा कोरोना पुष्टि भएको हो ।  पछिल्लो २४ घण्टामा मकवानपुरमा कोरोना संक्रमण दर ६५ प्रतिशत रहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप