बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

छोटा राजनको मृत्युको खबरपछि अस्पतालले भन्यो, ‘उनी जिउँदै छन्, कोरोनाको उपचार भइरहेको छ’

शुक्रबार, २४ वैशाख २०७८, १७ : ४२
शुक्रबार, २४ वैशाख २०७८

अन्डर वर्ल्ड डन छोटा राजाको मृत्युको रिपोर्टलाई दिल्ली एम्सले खण्डन गरेको छ । भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार एम्सले उनी अहिलेसम्म जिउँदै रहेको र उनको कोरोना संक्रमणको उपचार भइरहेको जानकारी दिएको छ । वास्तवमा थुप्रै मिडिया रिपोर्टमा एम्समा भर्ना भएका छोटा राजनको शुक्रबार अपराह्न मृत्यु भएको खबर प्रकाशित गरेको थियो । त्यसपछि एम्सले यसबारे स्पष्टिकरण दिएको हो ।

तिहाडको जेलमा कैद छोटा राजनलाई कोरोना संक्रमण भएको थियो । सुरुमा उनको जेलकै अस्पतालमा उपचार भइरहेको थियो तर स्थिति बिग्रँदा उनलाई २५ अप्रिलमा एक्समा लगिएको थियो ।

छोटा राजको वास्तविक नाम राजेन्द्र सदाशिव निखलजे हो । उनको जन्म मुम्बईको चेम्बुर इलाकाको तिलक नगर बस्ताीमा भएको थियो । स्कूल छोडेपछि छोटा राजन मुम्बईमा फिल्म टिकट ब्ल्याक गर्न थाले । यसैबीच उनी राजन नायर ग्याङ्गमा समावेश भए । अन्डरवर्ल्डको दुनियाँमा नायरलाई बडा राजनको नामले चिनिन्थ्यो ।

समयका साथै राजेन्द्र (छोटा राजन) बडा राजनसँग नजिकिए र उनको मृत्युपछि ग्याङ्गको कमान्ड उनले सम्हाले । छोटा राजन फरार थिए, त्यतिबेला उनीमाथि भारतमा ६५ भन्दा बढी आपराधिक मुद्दा दर्ता भइसकेको थियो । यी मुद्दा धम्की, कुटपिट र हत्याको कोसिसका थिए । उनीमाथि २० भन्दा बढी मानिसहरुको हत्याको आरोप लाग्यो । उनी पत्रकार ज्योतिर्मय डेको हत्यामा दोषी पाइए । यसै मामिलामा उनलाई जन्मकैदको सजाय सुनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप