शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गौशाला र कोटेश्वरको काउन्टरबाट बढी भाडा असुल्ने ३ जना पक्राउ

शुक्रबार, २४ वैशाख २०७८, १८ : ११
शुक्रबार, २४ वैशाख २०७८

काठमाडौं । काठमाडौंको गौशाला र कोटेश्वरको यातायात काउण्टरबाट ट्राफिक प्रहरीले सार्वजनिक सवारीका यात्रुसँग बढी भाडा असुल्ने ३ जनालाई पक्राउ गरेको छ । कोटेश्वरबाट धनुषा घर भएका कृष्ण देवकोटा र झापा घर भएका खड्गबहादुर भण्डारीलाई पक्राउ गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । गौशालास्थित यातायात काउण्टरबाट पक्राउ पर्नेमा दोलखाको सिंगटी घर भएका ३४ वर्षीय राम सुरेल छन् ।

उपत्यकामा निषेधाज्ञा लागू भएपछि उपत्यका छाड्न खोज्ने यात्रुसँग उनीहरुले चर्को भाडा असुल्ने गरेको ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराईले रातोपाटीलाई बताए । सवारी–साधनका कर्मचारी र यातायातका कर्मचारीले विदेशबाट फर्किएर यात्रुसँग अझै धेरै रकम असुल्ने गरेको महाशाखाले जनाएको छ ।

शुक्रवार पक्राउ परेका दुई जनाले बसमा झापा र मोरङ जान चाहने यात्रुसँग ३ हजार देखी ४५ सय असुल गरेको बताइएको छ । उनीहरुबारे महानगरीय प्रहरी वृत्त बानेश्वर र गौशालाले अनुसन्धान गरिरहेका छन् ।  बिहीबार ट्राफिक प्रहरीले गोंगवु र कलंकीबाट ६ जनालाई पक्राउ गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप