शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विदुर नगरपालिका–२ का वडा सदस्य भण्डारीको मृत्यु

शुक्रबार, २४ वैशाख २०७८, १८ : ३७
शुक्रबार, २४ वैशाख २०७८

नुवाकोट । नुवाकोट, विदुर नगरपालिका–२ का वडा सदस्य राधाकृष्ण भण्डारीको गए राति मस्तिष्काघातका कारण मृत्यु भएको छ । पचास वर्षीय भण्डारी लामो समयदेखि उच्च रक्तचापबाट पीडित थिए ।


बिहीबार राति करीब ९ बजे रक्तचाप बढेपछि उनलाई उपचारका लागि काठमाडौंँ लगिएको थियो । भण्डारीका उपचारका लागि न्युरो अस्पताल पुर्याउनासाथ मृत्यु भएको जानकारी अस्पतालले परिवारलाई दिएको थियो ।  नेकपा (एमाले)बाट निर्वाचित वडा सदस्य भण्डारीको निधनमा दुःख व्यक्त गर्दै नगर प्रमुख सञ्जु पण्डितले नगरले  एक असल जनप्रतिनिधि गुमाएको बताइन् । उनको निधनमा शोक व्यक्त गर्न आज एकदिन नगरपालिकाका १३ वटै वडा कार्यालय बन्द गरियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप