शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि यस्तो छ सरकारको तयारी

शुक्रबार, २४ वैशाख २०७८, २० : ३७
शुक्रबार, २४ वैशाख २०७८

काठमाडौं । सरकारले कोभिड १९ व्यवस्थापनका लागि लक्षित कार्ययोजना कार्यान्वयनमा आएको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै लक्षित कार्ययोजना कार्यान्वयनमा आएको जनाएको हो । कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले समय समयमा गरेका निर्णय र प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २० गते राष्ट्रका नाममा सम्बोधनका क्रममा व्यक्त गर्नुभएका प्रतिवद्धताका आधारमा तयार गरिएको लक्षित कार्ययोजना कार्यान्वयनमा आएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा कोरोना नियन्त्रणका लागि विभिन्न मन्त्रालयहरुले गरेका तयारी र व्यवस्थापनको विषयमा उल्लेख गरिएको छ । आज मुख्य सचिवको अध्यक्षतामा बसेको  कोभिड १९ सहजीकरण समितिको बैठकले देशभरका अक्सिजन उद्योगहरुको अनुगमन गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने गराउने, अक्सिजन उद्योगहरुमा विद्युत तथा खानेपानीको नियमित आपूर्ति गर्ने लगायतका विषयमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधा अन्तर्गत पाउने कोभिड १९ विरुद्धको खोप यथाशक्य छिटो उपलव्ध गराइदिन राष्ट्रसंघलाई अनुरोध गर्नुभएको समेत विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय लगायतका मन्त्रालयहरुले कोरोना नियन्त्रण तथा रोकथामका लागि गरिएको तयारीका सम्बन्धमा समेत उल्लेख गरिएको छ ।

गृहमन्त्रालयका अनुसार कोभिड १९ को दोश्रो लहरको संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि ४९३ अस्पताल, २०३६१ शैया, १,८१७ आइसियू, ७३६ भेन्टिलेटर (जसमा २९३ प्रयोगमा रहेका, २६ निजी क्षेत्रबाट सञ्चालित प्लान्ट र २,८६५ एचडियू रहेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै अर्थमन्त्रालयका अनुसार १,८१,१८६ मेडिकल उपकरण र ६,६०२ औषधि भन्सारबाट पैठारी भएको छ । १२० फेससिल्ड, ९,२०० पल्स अक्सिमिटर, ३०,००० सिरिन्ज र २१६ मेडिकल, सर्जिकल फर्निचर आयात गरिएको मन्त्रालयलाई उदृत गर्दै विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै सात प्रदेशिक अस्पतालका लागि कोभिड १९ प्रयोगशाला व्यवस्थापन खर्चस्वरुप रु ३,३०,००,००० वित्तिय हस्तान्तरण भएको र अठार केन्द्रीय अस्पतालहरुका लागि कोभिड १९ प्रयोगशाला व्यवस्थापन खर्च स्वरुप रु ४,९५००,००० रकमान्तर भएको विज्ञप्तिमा उल्लेख छ । 

अन्य तयारीबारे तलको विज्ञप्ति हेर्नुहोस्ः   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप