मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्याक्टर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु , एक जना घाइते

शनिबार, २५ वैशाख २०७८, ०८ : २२
शनिबार, २५ वैशाख २०७८

बुटवल । दाङमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

गढवादेखि बेलातर्फ जाँदै गरेको रा ५ प २०९८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा १ त २४५० नम्बरको ट्याक्टर गढवा गाउँपालिका वडा नम्बर ७ बालापुर गएराती ठोक्किदा मोटरसाइकलमा सवार रहेका गढवा गाउँपालिका वडा नम्बर ७ घोराही निवासी अन्दाजी ६० वर्षका टिकाराम चौधरी रहेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा लमही अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  ढाडले जानकारी दिएको छ । 

त्यस्तै मोटरसाइकल चालक गढवा गाउँपालिका वडा नम्बर ७ मानपुर निवासी वर्ष ४५ का चुडमणी पौडेलको पनि अवस्था गम्भीर भएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप