माधवको तुलना बादल र बादलको तुलना खिमलालसँग हुन सक्दैनः शंकर पोखरेल
शनिबार, २५ वैशाख २०७८, १२ : ३७
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका वरिष्ठ नेता माधव नेपालको तुलनामा गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादलसँग हुन नसक्ने बताएका छन् ।
यस्तै बादलको तुलना खिमलाल देवकोटासँग हुन नसक्ने उनको भनाइ छ । पार्टीका तर्फबाट राष्ट्रियसभा उपनिर्वाचनमा बादल र खिमलालबीच भिडन्त हुन लागेको सन्दर्भमा पोखरेलले यस्तो बताएका हुन् ।
शुक्रबार बादलविरुद्ध एमालेकै खनाल–नेपाल समूहका खिमलाल देवकोटाले विपक्षी गठबन्धनबाट उम्मेदवारी दिएपछि एमाले ओली समूहका नेता समेत रहेका पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।
‘जसरी माधव कमरेडको तुलना बादल कमरेडसँग हुँदैन भनेर हामी भन्छौ, त्यसरी नै बादल कमरेडको तुलना खिमलाल देवकोटासँग हुनै सक्दैन । मनन गरौँ’, शनिबार उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालबाट १ अर्ब ७३ करोडको जडीबुटी निर्यात, यार्सागुम्बा बेचेरै ६२ करोड भित्रियो
-
हाम्रो कृषि विकासको बाटो कुन ?
-
पेन्सन स्किमको मुद्दामा हाम्रो ऐक्यबद्धता छ : महासचिव राई
-
ट्रयाक्टरले किचेर एकको मृत्यु
-
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल
-
‘बोक्सीको घर’ बारे प्रिमियरमा कसले के भने ?