शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञा अवज्ञा गरी बस चलाउने चालक नियन्त्रणमा

शनिबार, २५ वैशाख २०७८, १३ : ०६
शनिबार, २५ वैशाख २०७८

गुल्मी प्रहरीले निषेधाज्ञा अवज्ञा गरी यात्रुहरु ओसारपसार गर्ने बस चालकलाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार बुटवलबाट ३० जना यात्रुहरू राखेर आइरहेको लु १ख ७१८९ नम्बरको बसलाई चालकसहित जिल्लाको मुख्य नाका रिडीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी गोपाल चन्द्र भट्टराईले जानकारी दिए ।

त्यो सहित अवज्ञा गर्ने अरु सवारी साधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका चालकलाई कानुनअनुसार कामकारबाही चलाउने कि पहिलो पटकलाई चेतावनी सहितको कागज गराइ छाड्ने बिषयमा छलफल भैरहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन ।
गुल्मीमा गएराति देखि जेठ ४ गते सम्मका लागि दोश्रो पटक निषेधाज्ञा जारी भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप