बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

उपचार नपाएर एक कोरोना संक्रमितको मृत्यु

शनिबार, २५ वैशाख २०७८, १६ : २९
शनिबार, २५ वैशाख २०७८

महोत्तरीमा एक कोरोना संक्रमितको समयमै उपचार नपाउँदा मृत्यु भएको छ । स्थानीय जलेश्वर अस्पतालमा रहेको भेन्टिलेटर संचालनमा नरहेको र समयमै उपचारबाट बञ्चित हुँदा बिरामीको मृत्यु भएको आफन्तको गुनासो छ । 

महोत्तरी गाउँपालिका वडा नम्बर ४ बस्ने ४२ वर्षिय पुरुष भएको मृत्यु भएको जलेश्वर अस्पताल विकास समितिका अध्यक्ष सुरेश पाण्डेयले बताए ।

 बिहीबार श्वासप्रश्वासमा समस्या आएपछि ती पुरुषलाई जलेश्वर अस्पतालको आइसोलेसन कक्षमा अक्सिजन सहित उपचार गराइएको थियो ।  शुक्रबार उनमा कोरोना संक्रमण पोजेटिभ रिपोर्ट आएको थियो ।

गएराति उपचारमा संलग्न रहेका डाक्टरले थप उपचारका लागि भेन्टिलेटरमा राख्नु पर्ने परिवारजनलाई जनकारी दिएका थिए । मृतकका परिवारजनले एम्बुलेन्स खोज्दा खोज्दै रातिको साढे १० बजे तिर व्यवस्था भएपछि उपचारका लागि जनकपुर लाग्दै गर्दा बाटोमा संक्रमितको मृत्यु भएको जलेश्वर अस्पताल विकास समितिका अध्यक्ष पाण्डेयले बताए ।

अस्पतालमा कोरोना संक्रमितलाई बोक्ने एम्बुलेन्स नहुँदा समस्या भएको हो । अक्सिजन सहितको १५ शैय्याको अस्थायी कोभिड अस्पताल एक साता अघिदेखि संचालनमा ल्याइएको थियो ।

गत आर्थिक बर्ष जलेश्वर अस्पतालले २ करोड रुपैयाँमा ५ वटा भेन्टिलेटर खरिद गरेपनि जनशक्ति नहुँदा भेन्टिलेटर संचालनमा आउन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप