शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेयरले आफू चढ्दै आएको गाडीलाई बनाए एम्बुलेन्स

शनिबार, २५ वैशाख २०७८, १६ : ३४
शनिबार, २५ वैशाख २०७८

धनुषाको शहिदनगर नगरपालिकाका नगर प्रमुख (मेयर)ले कोरोना संक्रमितहरुको सुविधाका लागि गर्न आफू चढ्दै आएको गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेका छन् ।

शनिबार शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरिया यादवले चढ्दै आएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका हुन् ।

कोरोना संक्रमणको दोस्रो लहर तिब्र रुपमा फैलिरहँदा संक्रमितलाई एम्बुलेन्स पाउन समस्या भइरहेकाले आफ्नो गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको उनले बताए । 

उनले एम्बुलेन्सको आवश्यक परेमा आफ्नो मोबाइल वा गाडी चालकको मोबाइलमा फोन गर्न नगरवासीसँग आग्रह समेत गरेका छन् ।

शहिदनगर नगरपालिकामा यसबाहेक २ वटा एम्बुलेन्स रहेको पनि नगर प्रमुख बरबरियाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप