शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा थप दुई संक्रमितको मृत्यु

शनिबार, २५ वैशाख २०७८, १७ : ५७
शनिबार, २५ वैशाख २०७८

कोरोना महामारीको दोस्रो लहरमा रौतहटमा हरेक दिन संक्रमित र मृतकको संख्या बढ्दै गएको छ । शनिबार जिल्लामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राजपुर नगरपालिका–१ का ६० वर्षीय पुरुष र जिल्ला अस्पताल गौरमा उपचारको क्रममा रहेका गौर नगरपालिका –९ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

रौतहटका प्रजिअ इन्द्रदेव यादवका अनुसार दोस्रो लहर सुरु भएयता जिल्लामा कोरोना संक्रमणको कारण शनिबारसम्म मृत्यु हुनेको संख्या १४ पुगेको छ। योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ३२९ पुगेको छ । सो मध्ये ७३ महिला र  २१९ पुरुष गरि कुल २९२ जना सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप