शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मकवानपुरमा थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार, २५ वैशाख २०७८, १८ : ००
शनिबार, २५ वैशाख २०७८

मकवानपुरमा शनिबार थप १ सय ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । 
कूल १८२ जनाको कोरोना परीक्षण गर्दा ६३ जना महिला र ८४ जना पुरुषमा संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले रातोपाटीलाई जानकारी दिए । 
शनिबार सबैभन्दा धेरै मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ र ५ मा २९÷२९ जना संक्रमित थपिएका छन् । 

त्यस्तै वडागत रुपमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर–१ का ६ जना, हेटौंडा–२ को ३ जना, हेटौंडा–३ को ५ जना, हेटौंडा–६ र ७ को १÷१ जना, हेटौंडा–८ को ४ जना, हेटौंडा–९ को १३ जना, हेटौंडा–१० को १२ जना, हेटौंडा–११ को ९ जना, हेटौंडा–१२,१४ र १८ को २÷२ जना, हेटौंडा–१५ र १९ को ३ जना, हेटौँडाकै वडा खुल्न नसकेको ८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी मकवानपुरगढी गाउँपालिकाका ४ जना, भिमफेदी गाउँपालिकाका ५ जना, राक्सिराङ गाउँपालिका र बकैया गाउँपालिकाका १÷१ जनामा संक्रमण पुष्टि भएका उपमहानगरपालिकाले जनाएको छ । 
बाहिरी जिल्लाका ३ जनामा पनि संक्रमण पुष्टि भएको चौलागाईंले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप