केन्द्रीय संस्करण

कमिसनखोरलाई तत्काल कारवाही गरी खोपको सहज आपूर्ति गर्न राप्रपाको माग

person explore access_timeबैशाख २५, २०७८ chat_bubble_outline0
फाइल तस्विर

राष्ट्रिय प्रजातन्त्र पार्टीले  संकटको यो समयलाई पनि नाफा आर्जनको मौकाको रुपमा लिनु अमानवीय र व्यवसायिक धर्म विपरीत भएको बताएको छ । पार्टीले महामारीको समयमा  जनस्वास्थ्यसँग खेलबाड गर्ने कमिसनखोरलाई तत्काल छानबिन र कारवाही गरी खोपको सहज आपूर्ति गर्न माग पनि गरेको छ ।

अध्यक्षत्रय पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राप्रपा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउन पुगेकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछ । साथै संक्रमित भइ उपचाररतहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.