बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

डोल्पाको त्रिपुरासुन्दरीका मेयर बुढाको निधन

शनिबार, २५ वैशाख २०७८, २० : २१
शनिबार, २५ वैशाख २०७८

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाको निधन भएको छ । नर्भिक अस्पताल काठमाडौँमा उनको निधन भएको नगरपालिकाका सूचना अधिकारी हिराचन्द्र धरालाले रातोपाटीलाई बताए ।  उनले भने, ‘मेयरसाबको मृत्यु भएको खबर हामीलाई पनि दिउँसो आएको हो ।’

झण्डै १५ दिनअघि केही विशेष कामले भनेर काठमाडौँ जानुभएको थियो,’ उनले भने, ‘ सुगर र प्रेसरको औषधि पनि खाइरहनुभएको थियो ।’ अहिलेसम्म कोरोनाका कारण उनको मृत्यु भएको भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप