शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना संक्रमित एमाले माधव समूहका नवलपरासी अध्यक्ष कँडेलको निधन

शनिबार, २५ वैशाख २०७८, २० : ५२
शनिबार, २५ वैशाख २०७८

एमाले माधव समूहका नवलपरासी अध्यक्ष शिवलाल कँडेलको कोरोनाका कारण चितवनको पुरानो मेडिकल कलेजमा आज निधन भएको छ । बर्दघाट वार्ड–२ बस्ने ६० वर्षका कँडेल केही दिनअघि अस्पतालमा भर्ना भएका थिए । आज बिहान उपचार गर्दागर्दै मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

पुर्ख्यौली घर गुल्मीबाट बसाईंसराई गरी नवलपरासी आएका कँडेल दिव्य ज्योति क्याम्पस व्यावस्थापन समिति पूर्व अध्यक्ष, नवलपरासी जिल्ला विकास समितिको पूर्व जिल्ला सदस्य समेत रहेका थिए ।

उनका २ छोरा र श्रीमती रहेका छन् । यस्तै नवलपरासी जिल्ला विकास समितिको पूर्व उपसभापति चिन्तामणि पोखरेलको पनि आजै काठमाडौँमा उपचारको क्रममा निधन भएको छ । उनको कोरोना नभइ अन्य रोगबाट निधन भएको नवलपरासी स्थानीय पत्रकार केशव पराजुलीले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप