शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनताको सेवामा पूर्ण समर्पित हुन राप्रपाको आह्वान

शनिबार, २५ वैशाख २०७८, २२ : १९
शनिबार, २५ वैशाख २०७८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले  कोभिड–१९ संक्रमणबाट जोगिन भौतिक दूरी कायम र मास्कको अनिवार्य प्रयोगलगायत स्वास्थ्य मापदण्ड पालना गर्न जनसमुदायमा  आग्रह गरेको छ । कोरोनाले निम्त्याएको विपद्को हालको समयमा जनताको सेवामा पूर्ण रुपले समर्पित हुन दलका सबै तहका नेता कार्यकर्तालाई पनि राप्रपाले आह्वान गरेको छ ।

पार्टीका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नागरिकको जीवन रक्षाका निम्ति गम्भीर बन्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । मुलुक कोभिड–१९ बाट नराम्रोसँग जुधिरहेको, कैयौँ नेपालीले ज्यानसमेत गुमाउनुपरेको, अस्पतालमा शय्या र अक्सिजन आपूर्तिमा कमीका कारण उपचारमा समस्या पैदा भएका अवस्थामा खोपमा कमिसनका समाचारले जनतालाई स्तब्ध र  आश्चर्यचकित तुल्याएको विज्ञप्तिमा उल्लेख गर्दै उक्त कार्यको छानबिन र कारवाहीको माग पनि राप्रपाले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप