शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तमिलनाडुमा सोमबारदेखि २ हप्ता लकडाउन

शनिबार, २५ वैशाख २०७८, २२ : ३९
शनिबार, २५ वैशाख २०७८

एजेन्सी । भारतको दक्षिणी राज्य तमिलनाडुको सरकारले आगामी सोमबारदेखि दुई हप्ताका लागि बन्दाबन्दी (लकडाउन) गर्ने शनिबार घोषणा गरेको छ ।  भारतमा कोभिड–१९ सङ्क्रमण दरमा उच्च रहेका समय तमिलनाडु राज्य सरकारले दुई हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

उक्त राज्यमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै उच्च (२६ हजार सङ्क्रमित) भेटिएको एक दिनपछि यो निर्णय गरेको हो । राज्यका नवनिर्वाचित मुख्यमन्त्री एम के स्टालिनले भने, “तमिलनाडुमा मे १० तारिख विहान ४ बजेदेखि लागू हुनेगरी अतिआवश्यक सेवाबाहेक सबै क्षेत्रलाई दुई हप्ताका लागि पूर्णतया लकडाउन गरिएको छ ।”

तमिलनाडुमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या उच्च देखिएपछि बन्दाबन्दी ‘अपरिहार्य’ भएका कारण यो निर्णय लिइएको उनले बताए । अधिकारीहरूले भने कि तालाबन्दी लगाउने निर्णय एक बैठकमा मुख्यमन्त्रीले प्राप्त गरेको सूचनाको आधारमा लिइएको हो।

सरकारले जारी गरेको निर्देशनअनुसार बन्दाबन्दीका क्रममा बैंकलाई ५० प्रतिशत कर्मचारीद्वारा सेवा सञ्चालन गर्न पाइने छ भने खाद्यान्न तथा अतिआवश्यक अन्य सेवालाई कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएका नियम पालना गर्दै जारी राख्न भनिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप