शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बूढानीलकण्ठबाट महन्थ र राजेन्द्र सिधै बालुवाटार

आइतबार, २६ वैशाख २०७८, ११ : २६
आइतबार, २६ वैशाख २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपाल का अध्यक्ष महन्थ ठाकुर र अर्का नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि उनीहरु सिधै बालुवाटार पुगेका हुन् ।

ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने–नदिनेबारे कुनै पनि औपचारिक निर्णय नगरेको जानकारी काँग्रेस सभापति देउवालाई दिएका छन् । पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवले प्रम ओलीविरुद्ध काँग्रेस र माओवादीसँग गठबन्धन बनाइरहेको बेला ठाकुर बूढानीलकण्ठ पुगेर काँग्रेस सभापतिलाई सो सन्देश दिएका हुन् ।

स्रोतका अनुसार अर्का नेता महतोसँगै बूढानीलकण्ठ पुगेका ठाकुरले देउवासँग विश्वासको मतबारे काँग्रेसको आधिकारिक धारणाबारे प्रश्न गरेका थिए । जवाफमा देउवाले आफ्नो पार्टीले प्रधानमन्त्री ओलीको विपक्षमा मत हाल्ने यसअघि नै निर्णय गरिसकेको बताएका थिए ।

ठाकुरले भने विश्वासको मतबारे आफ्नो पार्टीले कुनै निर्णय गरिनसकेको र सम्भवतः आजसम्ममा यसबारे औपचारिक निर्णय गर्ने देउवालाई जानकारी दिएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप