शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यसै वर्ष आईपीओ जारी गरेको अजोड इन्सुरेन्सको आकर्षक नाफा

आइतबार, २६ वैशाख २०७८, १३ : ३७
आइतबार, २६ वैशाख २०७८

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अजोड इन्सुरेन्सले ६ करोड ११ लाख ६ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ७३.८६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यसै अवधिमा यसले ३ करोड ५१ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद बिमा शुल्क ६१.६४ प्रतिशतले बढेर २९ करोड ९० लाख ४ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ १५ पैसा छ । अजोड इन्सुरेन्सले यसै वर्ष आईपीओ जारी गरेको हो ।

बीमा कोषको आकार ९३.०५ प्रतिशतले बढेर ९ करोड २९ लाख २५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा यसको बीमा कोषको आकार ४ करोड ८१ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप