बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल रेडियोलोजिष्ट संघको साधारण सभा सम्पन्न, अध्यक्षमा प्रा.डा. हेन्सन खड्का चयन

आइतबार, २६ वैशाख २०७८, १३ : ४८
आइतबार, २६ वैशाख २०७८

काठमाडौं । नेपाल रेडियोलोजिष्ट संघको वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । कोभिड १९ का कारण उत्पन्न बिशेष परिस्थितिका कारण अनलाइन माध्यमबाट गरिएको साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ ।

अनलाइन भोटिङबाट चयन गरिएको नयाँ कार्यसमितिको अध्यक्षमा प्रा.डा. हेन्सन खड्का, उपाध्यक्षमा डा. अनामिका झा, महासचिवमा डा. सुन्दर सुवाल, सहसचिवमा डा. प्रसन्न घिमिरे, कोषाध्यक्षमा डा. हरि ओम जोशी, सह कोषाध्यक्षमा डा. अभिषेक शाह निर्वाचित भएका छन्। 

त्यसैगरी समितिको सदस्यहरूमा डा. कल्पना राई, डा. विश्वराज बस्ताकोटी र डा. तेजेन्द्र कार्की चयन भएका छन्। त्यसैगरी, संघका निवर्तमान अध्यक्ष प्रा. डा. दान बहादुर कार्की नयाँ कार्य समितिको पदेन सदस्य चयन भएका छन् । 
निवर्तमान अध्यक्ष प्रा. डा. कार्कीले नयाँ कार्यसमितिलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। 

प्रमुख निर्वाचन अधिकृत प्रा. डा.स्वयं प्रकाश पण्डित , निर्वाचन अधिकृत द्वय डा. सुजित कुमार झा र डा. सस्मिता तुलाधर सहितको निर्वाचन समितिले सम्पन्न गरेको निर्वाचनमा ९९.२ सहभागिता रहेको संघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप