ओम अस्पतालले पनि भन्यो अब नयाँ बिरामी लिन सक्दैनौं (विज्ञप्ति सहित)
आइतबार, २६ वैशाख २०७८, १४ : ०४
काठमाडौं । कोभिड –१९ का बिरामीको उपचार गरिरहेको ओम अस्पताल तथा रिसर्च सेन्टरले अब कोभिडका नयाँ बिरामी भर्ना लिन नसक्ने जनाएको छ ।
सरकारले नियन्त्रित कोटामा आउने अक्सिजन आपूर्ति अपर्याप्त भएकाले बिरामीको उपचारका लागि तयार रहे पनि नयाँ बिरामी लिन नसक्ने अस्पतालले एक विज्ञप्ति जारी गरि जनाएको हो ।
अस्पतालले कोभिड बिरामीको उपचारका लागि पर्याप्त जनशक्ति भएपनि अक्सिजनको अभावका कारण नयाँ बिरामी भर्ना गर्न असमर्थ रहेको विज्ञप्तिमा जनाएको छ । अक्सिजनको आपूर्ति सहज हुनासाथ उपचार सेवा पूर्ववत् संचालन गर्ने पनि अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान गठबन्धन रहने नरहने ओलीमा भर पर्छ : मातृका यादव
-
नेपालबाट १ अर्ब ७३ करोडको जडीबुटी निर्यात, यार्सागुम्बा बेचेरै ६२ करोड भित्रियो
-
हाम्रो कृषि विकासको बाटो कुन ?
-
पेन्सन स्किमको मुद्दामा हाम्रो ऐक्यबद्धता छ : महासचिव राई
-
ट्रयाक्टरले किचेर एकको मृत्यु
-
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल