समता लघुवित्त र रुरुको सेयर मूल्य सर्किट लेभलमा बढ्यो
काठमाडौं । आइतबार (बैशाख २६) नेप्से सूचक १८.५६ अंकले घटेर २६१८.५६ विन्दुमा अडिएको छ । २ सय १९ कम्पनीको १ करोड २७ लाख २८ हजारभन्दा बढी कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबारमा आएका सबै समूहको सूचक घटेको छ । २ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । समता घरेलु लघुवित्त वित्तिय संस्था र रुरु जलविद्युत परियोजनाको सेयर मूल्य सबैभन्दा बढेको छ । समताको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर ८ सय ४ रुपैयाँ प्रतिकित्ता कायम भएको छ ।
यता भर्खरै मात्र दोस्रो बजारमा प्रवेश गरेको रुरु जलविद्युत परियोजनाको सेयर मूल्य ९.८२ प्रतिशतले बढेर ५ सय ४८ रुपैयाँ पुगेको छ । खरिद बिक्री रकममा २८ करोड ८६ लाख रुपैयाँभन्दा बढीसहित एनसीसी बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रोमा कुमारी बैंक र तेस्रोमा हिमालयन डिस्टिलरी परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम २ उपनिर्वाचनबारे पूर्वसांसद बेनुप प्रसाईंको विश्लेषण
-
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
-
हिमाली महासङ्घ राज्यका प्रस्तावक मुख्तियार भीमसेन थापा
-
कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव
-
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट
-
एकीकृत समाजवादीलाई कमजोर ठाने देशमा अर्को उथलपुथल हुन्छ : माधव नेपाल