शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०८ पुग्यो

सोमबार, २७ वैशाख २०७८, १० : १०
सोमबार, २७ वैशाख २०७८

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०८ पुगेको छ ।  

आइतबार प्रदेशका विभिन्न अस्थाई कोरोना अस्पतालमा थप १८ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या २०८ पुगेको हो ।

मृत्यु हुनेमा कञ्चनपुरका ७, कैलालीका ९, बाजुरा १ र दार्चुला अस्पतालमा १ जनाको कोरोना संक्रमितका कारण मृत्यु भएको थियो । 

७ सय ८३ मा एन्टिजेन परिक्षण गर्दा २ सय ११ जनामा कोरोना पुष्टी भई ११ जनाको मृत्यु भएको छ भने १ हजार ७ सय ८१ मा पिसिआर परिक्षण गर्दा ८ सय ५६ जनामा कोरोना पोजेटिभ पुष्टी भई ७ जनाको मृत्यु भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले जानकारी दिए । 

हाल सम्म अछाम ३, बैतडी ६,बझाङ्ग ३,बाजुरा,२,डडेल्धुरा,४,दार्चुला २, डोटी,३, कैलाली, ६५, कन्चनपुर २९ र अन्य जिल्ला १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भई सकेको उनले बताए । 

त्यस्तै  प्रदेशमा हाल सम्म ३१ ह्जार ८७९ मा एन्टिजेन परिक्षण भएको छ । पोजेटिभ ४ हजार ४४ छन भने मृत्यु ९० जना  भएको उनले बताए ।
 नेगेटिभ २७ हजार ८ सय ३५ जना छन । १ लाख ५२ हजार ७२ मा पिसिआर परिक्षण गर्दा २० हजार १ सय ३४ जना  पोजेटिभ छन भने १ सय १८ जनाको मृत्यु भएको कार्की ले जानकारी दिए ।

 १ लाख ३१ ह्जार ९ सय ३८ जना नेगेटिभ छन  ।  डडेल्धुरा अस्पतालमा २३ हजार ९ सय ३९ को परिक्षणमा २ हजार १ सय ३९ पोजेटिभ छ भने सेती प्रादेशिक अस्पतालमा ८५ हजार ३ सय ३० मा परिक्षण गर्दा १० हजार ७ सय ७९ मा पोजेटिभ भएको मन्त्रालयले जनाएको छ  । 

डोटी मा ७ हजार ७ सय ४१ म परिक्षण गर्दा ९ सय ३३ मा पोजेटिभ छ । बैतडीमा ४ हजार ५ सय ८५ मा परिक्षण गर्दा ७ सय ३६ मा पोजेटिभ छ । बझाङ्गमा ७ हजार ३ सय २२ मा परिक्षण गर्दा ७ सय ७१ मा पोजेटिभ छ । 

कमल बजार  अस्पतालमा ५ हजार १ सय ३६ जनामा परिक्षण हुदा ९ सय ४४ मा पोजेटिभ देखिदा महाकाली अस्पतालमा १ हजार ४ सय ३३ मा परिक्षण गर्दा ८ सय १४ जनामा कोरोना पोजेटिभ पुष्टी भएको स्वास्थ्य महाशाखा प्रमुख कार्की ले बताए  । 

केन्द्रीय प्रयोगशालामा १६ हजार ३ सय ६५ जनामा परिक्षण गर्दा सम्म २ हजार ९ सय ८४ मा पोजेटिभ छ भने अन्य जिल्लाको २ सय २१ जनाको परिक्षण गर्दा ३४ जनामा कोरोना पुष्टी भएको उनले जानकारी दिए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप