रियलले शीर्ष स्थानमा उक्लने मौका गुमायो
सेभियासँगको २–२ गोलको बराबरीपछि रियल म्याड्रिडले स्पेनिस ला–लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । खेल अवधिभर सेभियाले रियललाई दबाबमा राखेको थियो ।
फर्नान्डोले २२ औं मिनेटमा गोल गर्दै सेभियालाई पहिलो हाफमा अग्रता दिलाए । दोस्रो हाफमा मार्को एसेन्सियो ६७ औं मिनेटमा रियलबाट बराबरी गोल फर्काए । तर त्यसको ११ मिनेटपछि इभान राकिटिचले पेनाल्टीमार्फत गोल गर्दै सेभियालाई फेरि अग्रता दिलाए ।
इन्जुरी समयमा इडेन हाजार्डले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा टुंगियो र रियलको उपाधि जित्ने आशा कायम रह्यो ।
सेभियाविरुद्ध जीत हासिल गरेको भए एथलेटिको म्याड्रिड बराबर अंक जोड्दै हेड टु हेडका आधारमा रियल शीर्ष स्थानमा उक्लने थियो ।
लिगमा अन्तिम ३ खेल बाँकी छँदा शीर्ष स्थानको एथलेटिकोले ७७ र रियलको ७५ अंक छ । तेस्रो स्थानको बार्सिलोनाको पनि ७५ अंक नै छ । बार्सा हेड टु हेडका आधारमा रियलभन्दा पछि छ । चौथो स्थानको सेभियाको ७१ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकको जागिर छाडेर जनयुद्धमा होमिएका परियार बने मन्त्री
-
अनन्त अम्बानी र राधिका मर्चेन्टले बेलायतमा बिहे नगर्ने
-
सबै मन्त्रालयले महिलामैत्री बजेट निर्माणमा जोड दिनुपर्छ: मन्त्री चौधरी
-
एक साताभित्र युक्रेनमा हतियार पुग्छ: अमेरिका
-
कार्यालय समयमा निजीमा काम गर्ने सरकारी स्वास्थ्यकर्मीलाई कारबाही गरिने
-
तत्त्व फार्मस्को ‘सक्खर’ बजारमा