शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकर्मीले भने– सिनेमा कल्चरनै थियटर कल्चर

सोमबार, २७ वैशाख २०७८, १२ : ३२
सोमबार, २७ वैशाख २०७८


काठमाडौं । नेपाली सिनेमा कल्चर भनेको थियटर कल्चर हो भएको कलाकर्मीले बताएका छन् । राजधानीमा केही दिनदेखि अनलाइनको माध्यमबाट जारी चौथो संस्करणको निफमा ‘नेपाली चलचित्र बिषयक’ अन्तरक्रियामा बोल्ने क्रममा कलाकर्मीले सो कुरा बताएका हुन् ।

कार्यक्रममा चलचित्र निर्माता तथा निर्देशक अशोक शर्माले   सिनेमा कल्चर भनेको थियटर कल्चर भएको बताए । सिनेमाको प्रारम्भिक बजार भनेको हल नै भएकोले थिएटर फिल्मका लागि अपरिहार्य भएको उनको भनाई रहेको थियो । ‘नेपालको थियटरको अवस्थाको कुरा गर्नु पर्दा जय नेपाल हल बन्द भयो, कुमारी हल बन्द हुने अवस्था छ । २२ वटा सिनेमा हलहरु बन्द भएको अवस्था हो’ शर्माले भने ‘मल्टीपेल्सहरु पनि भाडा नै सञ्चालन भएको हुँदा टिक्ने अवस्था न्युन रहेको छ ।’ 

चलचित्र निर्माता अर्जुनकुमारले कोरोनाका कारण  चलचित्रका सबै क्षेत्र मारमा परेको हुँदा हल बाहेक अन्य विकल्प खोज्नुपर्ने बताए । नेट टिभीका सञ्चालक मनोज अग्रवालले कोरोनाको महामारीलाई चलचित्र जगतले अवसरमा बदल्न सक्ने बताए । उनले चलचित्रलाई रेभीन्यू शेयरिङका डिजिटल प्लेटर्फम मार्फत बाहिर ल्याउनुपर्ने धारण राखेका थिए । नेटफिलिक्स, एमाजोनको उदारण दिनै अब डिजिटल प्रविधिबाट नेपाली चलचित्र रिलिज गर्न उनले सुझाए ।

अभिनेत्री रेखा थापाले डिजिटल प्लेटफर्म वैकल्पिक उपाय भएपनि नेपालको सबै भूगोल र जनतासम्म पुग्न नसक्ने हुँदा सबैलाई उपयुक्त नहुने बताइन् । नेपाली चलचित्र हलमा नै हेर्दा रमाइलो हुने उनको भनाई रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप